सिन्धुपाल्चोकको भोटेकोसी गापामा विद्युत्को पाइप फुट्दा ४ घर विस्थापित

Cdc

चौतारा, । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हँुदा चारघरका परिवार विस्थापित भएका छन् ।

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति हुनुका साथै २९ खसी बाख्रा र १ सय ३० वटा कुखुरा बगाएको बाह्रबिसे इलाका प्रहरी कार्यालयले जनाएकोे छ ।

बाढीले चिनी तामाङको घर क्षतीग्रस्त भई २५ खसी बाख्रा र १ सय कुखुरा बगाएको छ भने पासाङ नुर्बु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकोले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिएका छन् ।

बाढीले पासाङको– ५ कुखुरा र मनिषाको ४ बाख्रा तथा अन्य २५ कुखुरा समेत बगाएको छ । शनिबार राति परेको अबिरल वर्षा पछि छ्यादी खोलामा आएको बाढीले आयोजनाको डेढमिटर गोलाइको ७० मिटर पाइप समेत बगाएकोले विद्युत् उत्पादन समेत बन्द भएको छ ।

बाढीका कारण अरनिको राजमार्गको १ सय किमिमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुननसक्ने आयोजनाका प्रबन्द निर्देशक समन मानन्धरले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...