विराटनगरमा नापतौल ठगी गर्ने व्यवसायीलाई कारबाही

Thagi

विराटनगर, । नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका २ हजार ६ सय ७५ व्यवसायी एवम् व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को एक वर्षको अवधिमा नापतौलयन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमन पछि सो कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी गराए ।

सोही अवधिमा कार्यालयले २ हजार ७६ व्यवसायीलाई कारोबारका लागि नापतौल यन्त्र सम्बन्धी नयाँ इजाजतपत्र प्रदान गरेको जानाएको छ ।

कार्यालयले नापतौल सम्बन्धी नयाँ इजाजतपत्र वितरण र कारबाहीबाट आव २०७३÷७४ मा १ करोड १० लाख १७ हजार राजश्व संकलन गरेको छ । पूर्वाञ्चलका ७ हजार ३ सय ४५ व्यवसायीले आफ्नो कारोबार गर्ने नापतौल यन्त्रको जाँच समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...