रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

Hira

काठमाडौँ, । घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ ।

समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो । सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा गत वर्षमात्र प्रशोधन केन्द्र स्थापना भएको थियो ।

समितिले बहुमूल्य धातु बढी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरेको हो । विश्वमा पाइने ८ सय धातुमध्ये नेपालमा ८ प्रकारका धातु पाइन्छन् । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्मेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातुहरु हुन् ।

समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्त रत्न, पत्थर धेरै पाइने स्थानको पहिचान गरी प्रशोधन केन्द्र स्थापना गरेको बताए । उनी भन्छन् – “सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, धादिङ, नुवाकोट जिल्ला धेरै रत्नपत्थर पाइने जिल्लाहरु हुन् त्यहाँको क्षेत्रलाई हेरेर प्रशोधन केन्द्र स्थापना गरेका हौँ ।”

समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनी सयौँ युवालाई तालीमसमेत दिँदै आएको छ । समितिले प्रशोधन केन्द्र स्थापना भएपछि गत वर्षसम्म ७ सय ४९ जनालाई सीपमूलक तालीम प्रदान गरेको थियो ।

आव २०७३÷७४ मा कालीकोट, सुर्खेत, धादिङ र कालीकोट जिल्लामा १ सय ९१ जना युवालाई सीपमूलक तालीम प्रदान गरेको छ । समितिले सीप विकास तालीम ३ महिनासम्म दिने गर्छ ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झा नेपालको हिमाली क्षेत्र रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताए । उनी भन्छन् । – “विभागले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननका लागि निजी क्षेत्रलाई दिने गरेको छ ।”

सुर्खेत, दैलेख, कालीकोट, लमजुङ, गोरखा, धादिङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...