अन्तर ध्यानबाट भविष्य हेर्दै दृष्टिविहीन महाप्रसाद

मोरङ । दृष्टिविहीन व्यक्तिले चिना टिपन ज्योतिष हेरेर घर खर्च चलाएका छ भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

७ वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ । जन्मदै दृष्टिविहीन जन्मनुभएका दाहाल भन्नुहुन्छ, “मैले पढेको होइन ।

अन्तर ध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ ,मलाई थाहा छैन् तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइसक्थे होला नि,” उनले थप्नुभयो, “हेराउन आउँदाभन्दा पछि हजुरले जे भएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन् ।”

जसले विश्वास गर्छ उनीहरूले नयाँ ग्राहक लिएर दाहाललाई भेट्न पुग्ने गरेका छन् । त्यसो त महाप्रसाद मात्र होइन उनकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै हुन । महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गरेको थिए तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् । अहिले उनका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् ।

महाप्रसाद दैनिक कमाएर ल्याउने, मनकुमारी, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउछिन् । उनी भन्छन् । “ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु ।”

आफन्त इष्टमित्र भए पनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाइ छ । उनीहरूका आफन्त नभएका होइनन् तर कहिलेकाहीँ आउने बाहेक केही भरोसा छैन् । सरकारी स्तरबाट उनीहरूले प्रतिव्यक्ति मासिक ६÷६ सय पाउँछन् । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन ।

उनी भन्छन् “मासिक १ हजार ५ सय घर भाडा तिर्नुपर्छ ।” उनीहरूसँगै डेरा बस्ने बिमला चौधरी र अनिता साहका अनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा दिन्छन् । दैनिक २÷३जना आउने गरेको उनीहरू बताउाछन् । बिमलाले भनिन्, “हामी ३ वर्षदेखि यहीँ घरमा सँगै बस्छौँ । महिनामा २÷३ जना मान्छे नआएको दिनै हँुदैन, शनिबार र मङ्गगबार त पालो कुर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...