आज साउने संक्रान्ति पर्व मनाइँदै

Somvar

काठमाडौं । आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ।

निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइएको छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ।

साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ। यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ।

बिहानै निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायोलगायतका वनस्पति तथा फल घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर रहेको छ।

यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। साउने संक्रान्तिका लागि छोरीचेली माइती जाने चलन नेपालका अधिकांश जातजातिमा रहेको छ।

आजको दिन देखि हिन्दु नारीहरुले  हरियो पहेँलो चुरा पोते लगाए श्रीमानको आयु बढ्छ भन्ने विश्वास रहेको छ । एक महिना सम्म महादेवको व्रत बस्ने आर्थिक कारोवार गर्नेहरूले पनि साउन १ गतेलाई विशेष दिन मान्छन् । नेपालको आर्थिक वर्ष यसै दिन सुरु हुन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...