रामेछापमा भीषण वर्षा, बाढीले बगायो पक्की पुल

रामेछाप । राती आएको भीषण वर्षापछि आएको बाढीले रामेछापको छत्याउने खोलको पक्की पुल बगाएको छ ।

जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले सवारी तर्ने पक्की पुल र केही घरहरु समेत बगाएको छ ।
घटना स्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ ।

पक्की पुल र खोला किनाराका केही घर बगाएको छ । सो बाढीले केही घाइते बनाएको छ । घाइतेमध्ये ६ जनाको उद्दार गरिएको छ । केही मानिसहरु हरारहेका छन् ।

सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा रहेको सो पुल भत्किदा विहानदेखि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...