पार्टी नेतृत्वका कारण अनपेक्षित पराजय : सिंह

Prakashman shing

पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्वकै असक्षमताका कारण स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा अनपेक्षित पराजय भोग्नुपरेको बताएका छन् ।

कास्की कांग्रेसद्धारा पार्टीका संस्थापक नेता रामहरी जोशीको निधनमा आयोजित शोक सभामा सिंहले स्थानीय तहको निर्वाचनमा कांगे्रसको निरासाजनक परिणम आए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताए ।

पार्टीमा एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सवै एकढिक्का भएर पार्टीलाई अगाडि बढाउन सिंहले आग्रह गरे । उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको बताउँदै कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र बिकास गर्ने जिम्मेवारी पार्टीको काँधमा थपिएको बताए ।

उनले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनहरुमा सबै राजनीतिक दलहरु एक भएभैm आर्थिक समृद्धि र बिकासका लागि पनि सबै राजनीतिक दलहरुको एकता अपरिहार्य भएको बताए । नेता सिंहले रामहरी जोशीले देखाएको बाटोमा लाग्न सके मात्रै उनीप्रति सच्चा श्रद्धान्जली हुेन बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...