रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सम्पन्न

Rasuwagadhi 775

रसुवा, । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार १ सय ११ वाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युतगृहको काम एक साथ अगाडि बढिरहेको छ ।

अबको २ वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक साढे ३ अर्ब आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताएका छन् ।

४ हजार २ सय मि लामो सुरुङसहित सबै संरचना भूमिगत भएकाले भूक्षय, बाढीपहिरो र भूकम्पले कुनै असर नगर्ने बताइएको छ । आयोजना सम्पन्न गर्न लागत अनुमान १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...