बेपत्तामध्ये तीन मृत फेला, एक जना अझै बेपत्ता

पाल्पा । आइतबार तिनाउ खोलाले बगाएर बेपत्ता भएकामध्ये तीन जनाको शव बुधबार फेला परेको छ ।

अम्ल्यानमा लु १ ज १७१२ नंको जिप आइतबार तिनाउ खोलाले बगाउँदा जिपसहित चार यात्रु बेपत्ता भएका थिए ।

फेला परेकामा माथागढे गाउँपालिकाका माया गाह, बगनतकाली गाउँपालिकाका पदमबहादुर कुँवर र तानसेन नगरपालिकाकी उषा श्रेष्ठ छन् ।

गाह र कुँवरको शव रुपन्देहीको मर्चवार र श्रेष्ठको शव पाल्पाको जोरधारास्थित तिनाउ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...