सायल गाउँपालिकाका अवसर र चुनौतिहरु

Doti

डोटी, । सु्न्दर सुदुरपश्चिम अन्तरगत डोटीको उदगम स्थल हो सायल गाउँ पालिका । आदर्श ,पुर्वी चौकि गाउँ पालिका र दिसिनपा र खप्तड राष्ट्रिय निकुञ्जको नजिकै रहेको भए पनि विकासको दृष्टिकोणले अझै निकै पछाडि परेको देखिन्छ ।

उता बझाङको सिमानाले समेत छोएकोले पनि डोटीको सुदरमुकाम सिलगढिबाट धेरै टाढाको छ,रेडियो नेपाल बाहेक अरु संचार माध्यमको आवाज पुग्न सकेको छैन ,पत्रपत्रिकाको कुरै नगरौ,भुगोलको हिसाबले विभिन्न गापा र नपाका साथै खप्तडले समेत छोए पनि विकास अझै अपुग छ,खप्तडमै विकास सकिन्छ भने खप्तड वरपर पुग्ने कुरै भएन ।

परम्परा उहीँ कायमै छ बजेट सकिन्छ तर विकास सकिदैन ,दिपायलदेखि सायल गाडिले भनेको भाडामा ज्यानको बाजि राखेर हिन्नु दैनिकी बनेको छ, बरिखा लागेको छ,चुनाव सकिएको छ,मान्छेलाई कामको चटारोसंगै अबिरल पानी परे अर्को चिन्ता थपिन्छ,अधिकाश महिलाको अर्को मुख्य चिन्ता भनेकै मदिरा नियन्त्रण भई दिए भन्ने देखिन्छ ।

,चुनावमा रोपाई छोडेर घर दैलोमा सरकार पाउने उदेश्यले जतना उत्साहित भई सहभागी बनेका थिए ,त्यसबाट पनि धेरै विकास हुने ,विकृति रोकिने र सिह दरबारको अधिकार पाउनेमा विश्वास लिएका छन्,तुलनात्मक रुपले गाविसको चुनाव भन्दा भिन्नै अझ भन्नु पर्दा संसदीय चुनावको झल्को दिने खालको चुनावले महिना दिन गाउँघरमा रौनक नै बेग्लाबेग्लै देखिए ।

सायलमा अकल्पनीय घटना देखिएनन् ,जुन सुखद कुरा हो,लगभग सौहार्द वातावरणमा स्थानीय तहको चुनावी महोत्सव सम्पन्न भएकोले नव निर्वाचित हाम्रो माओवादि भाषामा जनसरकारबाट बिकासको ठूलो भरोषा गरेका छन् , हो त्यो ठाउँमा ठुलो अस्पताल छैन ,राम्रो प्राविधिक शिक्षालय छैन,पानी भए पनि सिचाइ सुविधा छैन ,सायल पर्यटन विकास समिति गठन हुन सकेको छैन ,अझै पनि बाढीपीडितले उचित राहत तथा पुर्नवास पाएका छैन,सबै ठाउँमा राष्ट्रिय लाईत सहितको विधुत पुगेको छैन ।

,शाखा सडक पूरा भएका छैनन् , मेल्लेकमा भ्यु टावर स्थापना हुन सकेको छैन, उच्चस्तरीय पिकनिक स्पोट निर्माणकार्य हुन सकेको छैन ,प्रवेशद्वार तयार भएको छैन ,अशुद्धालादेखि भेल्छहडा झर्नासम्म घोरेटोबाटो छैन ।

,सायलिगाढमा नयाँ जातका माछापालन तथा जालहरु लाई लाईसेन्स दिने व्यवस्था हुन सकेको छैन ,छपालिदेखि शिर्मा शिर्मादेखि डुमरि सडक ,डुमरिदेखि देवारमाण्डौ सडक र यता मेल्लेकदेखि सिलगढि सडक निर्माणकार्य छिटोछिटो हुन सकेका छैन , अरु अपुरा सडकको उहीँ अबस्था कायमै छन् ।
लेखक ने.क.पा. माओबादी केन्द्र सायल गाउँपालिकाका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...