बथनाहावासी भारतीय बाटोको प्रयोग गर्न बाध्य

Haiway picha

गौशाला, । महोत्तरी जिल्लाका साविक बथनाहा गाविसका जनता वर्षौँदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।

जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएको बथनाहाका बासिन्दा सरकार र सम्बन्धित निकायको उदासिनताका कारण सदरमुकाम जलेश्वर आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी चन्दन दुबेले बताए ।

बथनाहा गाविस अन्तरगतका बथनाहा, मधवा, सकरी लगायतका हजारौ बासिन्दा सदरमुकाम जलेश्वरमा सरकारी कार्यालयका कामकाज, हाटबजार वा व्यक्तिगत कामकाजका लागि नौ किलोमिटर दुरीको सदरमुकाम आउनुपर्दा भारतकै बाटो प्रयोग गर्नु परेको स्थानीय शिक्षक समीर रायले बताए।

आफूहरुले वर्षौदेखि भारत बिहार राज्यको सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिठ्ठामोड तय गरेर मात्रै जलेश्वर आउनुपरे उनको गुनासो छ ।

सदरमुकाम धाउनुपर्दा १ सय ५० का साथै दुई घण्टा थप समय खर्चिनुपरेको स्थानीयवासी अमित दुबेले बताए । जिल्ला सदरमुकाम जलेश्वरसँग बथनाहालाई जोडने सडक वर्षौदेखि मर्मत नभएकाले दुर्घटना हुनाका साथै वर्षायाम लाग्ने बित्तिकै हिलो, पानी र माटो कटानजस्ता समस्याले बथनाहावासी भारतीय बाटो प्रयोग गर्न बाध्य भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...