राप्रपाद्वारा आक्रमणको निन्दा तथा दुःख व्यक्त  

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा गत सोमबार भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

धार्मिक भ्रमणमा निस्केका धर्मावलम्बीप्रति भएको आतङ्ककारी आक्रमणको पार्टीले निन्दा गरेको जनाइएको छ । भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा आतङ्कवादीबाट भएको सो आक्रमणमा परी भारतका सात तीर्थयात्री मारिनाका साथै केही घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...