धनकुटाले एकै दिन गुमायो दुई हस्ती
धनकुटा । मंगलबार धनकुटाका दुई हस्तीको निधन भएको छ ।
इतिहारकार तथा पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठ र संगीतकार तथा गायक ओमकार श्रेष्ठको मंगलबार निधन भएको हो ।
ध्नकुटा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख श्रेष्ठको काठमाडौंमा र संगीतकार श्रेष्ठको विराटनगरमा निधन भएको हो । क्याम्पस प्रमुख श्रेष्ठका श्रीमति, २ छोरा र २ छोरी छन् । संगीतकार श्रेष्ठको १ छोरा र १ छोरी छन् ।
ओमकार नेपाली कांग्रेस आवद्ध थिए । उनी नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रिय सदस्य हुन् । उनले ‘विहीवारे हाटैमा’ बोलको गीतसमेत गाएका थिए । नवकलाकार साँस्कृतिक समुह धनकुटाका सस्थापक अध्यक्ष समेत रहेका ओमकार लामो समयदेखि साहित्य सिर्जमा तल्लीन थिए ।
दुबै जना धनकुटा नगरपालिका वडा नं. ६ निवासी हुन् ।
प्रतिकृया दिनुहोस