बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु, दाङमा बालकको हत्या

Karent lager

काठमाडौं । करेन्ट लागेर बैतडीमा मंगलबार बैटडीमा महिलाको मृत्यु भएको छ भने दाङमा एक बालकको हत्या भएको छ ।

करेन्ट लागेर पाटन नगरपालिका–२ सिलङ्गाकी २७ वर्षीया गोमती ऐरको मृत्यु भएको हो । मंगलबार साँझ घरनजिकै रहेको मकैबारीमा घाँस काटिरहेको गोमतीलाई मकैको बोटमा विद्युतको मेन लाईनको तारले छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, दाङको तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको हत्या भएको छ । भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलन भारत घर भई हाल तुलसीपुर–६ बस्ने वकिल अन्सारी र आँद खानलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...