झापाको दमकमा बसको ठक्करबाट मृत्यु

Road accident

दमक, । यात्रुवाहक बसको ठक्करबाट झापाको दमकमा मंगलबार बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मोरङ, राजघाटका ५५ वर्षीय नरबहादुर श्रेष्ठ छन् ।

पूर्वपश्चिम राजमार्गको चियादोकान सडक खण्डमा विराटनगरबाट झापाको काँकभिट्टातर्फ आइरहेकोे को १ ख ४४६८ नंको बसले सोही दिशातर्फ आइरहेको को २१ प ४६२३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...