हर्पन खोलामा हराएकाको खोजीमा संलग्न प्रहरीको मृत्यु

Balbdr kunbar

पोखरा । फेवातालको मुहान हर्पन खोलामा माछा मार्ने क्रममा भेलले बगाएर बेपत्ता भएका खोजी कार्यमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ ।

सोमबार फेवातालको मुहानमा रहेको हर्पन खोलामा माछा मार्न गएका पोखरा लेखनाथ महानगरपालिका–३, नदीपुरका ललित पुन र इन्द्र पुनलाई दिउसो खोलाले बगाएको थियो ।

ललित पुन र इन्द्र पुनलाई प्रहरीले हराएको स्थानकै नजिक मृत अवस्थामा फेला पारेको थियो ।

दुई युवामध्ये नदीपुर ३ का ललित पुनको लासलाई निकाल्न गएका प्रहरी जवान बलबहादुर कुँवरको डुबेर मृत्यु भएको हो । पर्वत घर भएका कुँवर पश्चिम शसस्त्र प्रहरी गण पोखरामा कार्यरत थिए ।

लास निकाल्न खोलामा पसेका कुँवरलाई तत्काल उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...