घरमा आगो लाग्दा वृद्धको जलेर मृत्यु

सिन्धुली । सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ शान्तेश्वरीको अर्चलेमा सोमबार साँझ वृद्धको जलेर ज्यान गएको छ ।

घरमा अचानक आगलागी भएको र हिँडडुल गर्न नसक्ने वृद्धके आफ्नै घरमा आगलागी हुँदा ७६ वर्षीय खड्गबहादुर दोङको मृत्यु भएको हो ।

आगलागीमा परेर घाइते भएकी मृतककै श्रीमती ७४ वर्षीया काउलीमायाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काउलीमायाको हात र ढाडमा आगोले पोलेको छ ।

आगलागीबाट सात खसीबाख्रा र एउटा गाई मरेको बताइएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुँडा गरी ४ लाखभन्दा बढीको क्षति भएको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...