रुकुममा निर्वाचित दलित महिला सदस्यको हत्या

रुकुम । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ मा दलित महिलामा विजयी भएकी २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको हो ।

बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले बताएका छन् । यसैका आधारमा प्रहरीले उनका श्रीमान तेजबहादुरलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले बताए । बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...