हर्पन खोलाले बगाएर दुई युवा बेपत्ता

Harpan khola

पोखरा । कास्कीको हर्पन खोलालेले बगाउँदा २ जना युवा वेपत्ता भएका छन् ।

फेवातालको मुहानमा रहेको हर्पन खोलामा माछा मार्न गएका पोखरा लेखनाथ महानगरपालिका–३, नदीपुरका ललित पुन र इन्द्र पुनलाई दिउसो खोलाले बगाएको हो ।

उनीहरुसँगै गएका अन्य ५ जना युवा भने सकुसल रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले बेपत्ता युवाहरुको खोजी भइरहेको बताए ।

उनीहरुको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । हपर्न खोलाबाट बगेर आएको पानी फेवातालमा मिसिएका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...