गोरखाको चुम्तेतमा फैलियो झाडापखला

गोरखा । उत्तरी गोरखाको चुम्तेतमा झाडापखला फैलिएको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा केही दिनयता फैलिएको झाडापखलामा परी एक जना बालकको ज्यान गएको छ ।

करिब दुई सय घरधुरी रहेको चुम्चेतमा दिनदिनै झाडापखलाका विरामी बढ्दै गएका छन् । दुषित खानेपानी र सरसफाइको अभावमा झाडापखालाको प्रकोप फैलिएको अनुमान गरिएको छ।

चुम्चेत पुग्न गोरखा सदरमुकामबाट ५ दिन पैदल हिँड्नुपर्छ। अति दुर्गम भएको र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न कठिनाई भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर झाडापखला गालेर एक जनाको मृत्यु भएको जानकारी आएको स्वास्य कार्यालयले जनाएको छ ।

स्थानीय शेराप गुरुङका अनुसार दिनदिनै बिरामीको संख्या बढ्दै गएको र बिरामी हुनेहरुमा वाक वाक लाग्ने, दिसा लाग्ने लक्षण देखिएको छ । झाडापखाला फैलिएको छ । गाउँमा धेरैजसो बालवालिका बिरामी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...