जिपसँगै गयो ४ यात्रुको ज्यान

Jeep acc rukum

पाल्पा, – पाल्पमा गए राति खोला तर्ने क्रममा तिनउ खोलाले जिप सँगै ४ जना यात्रुको जयान लिएको छ । माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार ४ यात्रु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदम कुँवर र जिप चालककी श्रीमती तानसेन नगरपालिकाका करिब २८ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिएको हो ।

जिप चालक शक्ति बस्नेतको सकुशल उद्धार गरिएको छ भने बेपत्ता यात्रु र जिपको खोजी कार्य जारी छ । खोलामा पानीको बहाव बढेपछि उद्धार कार्यमा समस्या परेको प्रहरी जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...