पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
दैलेख । दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गुरास गाउँपालिका २ स्याउले बजार नजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ ।
कर्णाली राजमार्ग सुचारु गराउनका लागि सडक डिभिजन कार्यालयलाई जानकारी गराइसकिएको र बाटो खुल्न केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । लगातार पहिरो झरिरहेकोले क्षती धेरै हुनसक्ने प्रजिअ अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस