४ बलात्कारी पूर्पक्षका लागि कारागार चलान

1111111

गौशाला, । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा १युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेठ २८ राति ७ बजेतिर औरही बजारबाट आफ्नो गाउँ औरही गाउँपालिका–२ फूलबरिया जाँदै गरेकी युवतीलाई औरही बजारदेखि ५ सय मिटर टाँढा आँप बगैँचामा बाटो ढुकेर बसेकारै ४  युवकले समातेर मुख बन्द गरी पालैपालो बलात्कार गरेकाले उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

युवतीलाई सामूहिक बलात्कार गरेका युवकमध्ये एक जनालाई सोही राति ११ बजे र अरु ३ लाई एक साताभित्र पक्राउ गरी उनीहरुमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश दीपकराज पन्थले आइतबार अबेर साँझ उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...