रुपा थापाले गरिन ३ रोपनी जग्गा मन्दिरलाई दान

Sashwatdham navalparasi

बागलुङ, । बागलुङ नगरपालिका–२ का रुपा थापाले बागलुङ कालिका भगवती मन्दिरलाई ३ रोपनी जग्गा दान गरेकी छन् ।

अंशबापत पाएको जग्गा मन्दिरको नाममा दानस्वरुप अर्पण गरेको थापाले बताएकी छन् । थापाले पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाँच लाख ३१ हजार मूल्य पर्ने उक्त जग्गा मन्दिरलाई दिएकी हुन । थापाले आइतबार मन्दिरको गुठी समितिलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेकी छन् ।

“पुण्यका लागि आफूसँग भएको जग्गा मन्दिरलाई चढाएँ”, । मन्दिरले उक्त जग्गालाई आयआर्जनमा लगाउने गुठीका अध्यक्ष राजु खड्काले बताए । मन्दिरको नाममा जग्गा चढाउने थापालाई गुठीले आइतबार सम्मानसमेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...