बहराईनका नवनियुक्त राजदूत सुन्दास सम्मानित  

Padam sundas

काठमाडौँ, । दलित समुदायका लागि अतुलनिय योगदान पु¥याएका बहराईनका लागि नवनियुक्त नेपाली राजदुत पदम सुन्दासलाई बधाई तथा सम्मान गरिएको छ ।

नेकपा माओवादी केन्द्रमा आबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चामा आबद्ध सुन्दास दलित समुदायबाट राजदुत पहिलो पुरुष भएकाले मोर्चाले बधाई तथा सम्मान गरेको हो ।

मोर्चाले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा राजदूत सुन्दासले आफ्नो कार्यकालमा नेपाल र नेपालीको पक्षमा उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजदूत सुन्दासलाई माओवादी केन्द्र का कार्यालय सदस्य तिलक परियार, पूर्वमन्त्री दलजीत श्रीपाइली, सांसदद्वय सीता नेपाली र दुलारी हरिजनलगायत दलित नेताले बधाई तथा कार्यकालको शुभकामना समेत दिएक थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...