५ वर्षीय बालकमाथि सौतेनी आमाद्धारा निर्घात कुटपिट

Aama

भोजपुर । आफ्नै सौतेनी आमाको निर्मम यातनाबाट  ५ वर्षीय बालक शक्त घाइते भएका छन् ।

भोजपुर नगरपालिका वडा नं.१२ टक्सार कोटडाँडास्थित ती अबोध ५ वर्षीय बालक निसान रम्तेललाई उनकी कान्छी आमा उर्मिला रम्तेलले निर्घात कुटपिट गरकी हुन् । 

छिमेकीको घरमा खेल्न गएको भन्दै बुधबार घरमै कुटपिट गरेकी हुन् । मलिबाँसको लौरोको निर्मम यातनाबाट निसानको अनुहार र ढाडमा चोट तथा निलडाम लागेको छ ।

पटकपटक उर्मिलाले कुटपिट गर्ने गरेको भन्दै छिमेकीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए । उक्त यातनाको घटनापछि जिल्ला महिला तथा बालबालिका कार्यालयले घटनाप्रति निन्दा गरेको छ ।

बालकमाथि भएको आघात यातनाप्रति सम्बन्धित बालअधिकारकर्मी, सम्बन्धित जिम्मेवारी निकायहरु मौन रहेको जिल्ला महिला तथा बालबालिका कार्यालय भोजपुरका प्रमुख पुष्पलता उप्रेतीले गुनासो पोखेका छन् ।

‘बालबालिकामाथि हुने जगन्य अपराधको घटना घटिरहँदा सम्बन्धित निकाय जिम्मेवारी व्यक्ति र बालअधिकारकर्मी रमिता हेरिरहेका छन् । आवाज उठाउने तर व्यवहारमा शून्य प्रवृतिले पनि समाज पछाडी परेको हो । 

निसानले रुँदै आफूलाई यसअघि पनि धेरै पटक कुटपिट गरिरहने बताए । तर सानीआमाको डरले कसैसँग यो कुरा गर्न नसेकेको स्थानीयबासीले बताए ।

कुटपिट गर्ने सौतेनी आमा उर्मिलाले आइन्दा गल्ती नदोहोर्‍याउने सर्तमा बुधबार नै मिलापत्रमार्फत माफी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...