नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

Chatyang

नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । सो चट्याङ लागेर ४ महिने शिशुसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएका ४७ वर्षीय तामाङको शरीर जलेर क्षतविक्षत भएकाले परीक्षण नै नगरी शव परिवारलाई जिम्मा लगाइएको प्रहरी चौकी सामरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तेजलाल यादवले बताए ।

चट्याङ लागेर भिभरामका भतिज २२ वर्षीय सूर्य, उहाँकी श्रीमती २२ वर्षीया सुष्मा र उनका चार महिने छोरा अरुण घाइते भएका छन् । घाइते तीनै जनालाई नुवाकोट सिटी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

चट्याङले सूर्यको ब्याउने भैँसी मरेको छ भने गाउँमा रहेका एक दर्जन घरको विद्युतीय सामग्रीमा समेत क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...