सोलुखुम्बु लिखुपिके गाउँपालिकामा भत्किए ३ घर  

सोलुखुम्बु, । लिखुपिके गाउँपालिका–३ कोरसीमा पहिरोका कारण तीन घर उच्च जोखिममा परेका तथा ठूलो बस्तीमा पनि सङ्कट पैदा गराएको छ ।

केही वर्षदेखि नै शुरु भएको पहिरो बढ्दा गए राति खिमबहादुर भुजेल, झम्केश्वरी भुजेल र धनबहादुर भुजेलको घर भत्किएका छन् ।

पहिरो बढ्दै जाँदा आसपासका बस्तीमा पनि खतरा बढ्दै गएको छ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिको क्षति बेहोर्नुपरेको पीडित खिमबहादुरले बताए ।

लिखुपिके गाउँपालिका–२ एर्माखु खोलामा पनि पहिराका कारण आवतजावत गर्ने बाटामा समस्या भएको छ ।

ठूलो पहिरो गएकाले सो बाटो प्रयोग गरेर हिँड्ने दैनिक करिब १सय यात्रु मारमा परेको स्थानीय शिक्षक उद्धव बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...