सडक डिभिजन कार्यालयको गाडी दुर्घटना ३ घाइते

Sadak divign

तेह्रथुम, । सडक डिभिजन कार्यालयको गाडी दुर्घटना हुँदा इन्जिनियर सचिन श्रेष्ठसहित ३ घाइते भएका छन् ।

म्याङलुङदेखि हलिमेला तर्फ जाँदै गरेको सडक डिभिजन कार्यालयको को १ ज १८७ नं को गाडी शुक्रबार विहान ११ः३० बजे साब्लामा दुर्घटना हुँदा चालक ३३ वर्षे उपेन्द्र यादवको हात र खट्टामा चोट लागेको छ ।

इन्जिनियर श्रेष्ठ र ज्ञानेन्द्र राई सामान्य घाइते छन् । घाइते ३ लाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।

हिलाम्मे सडक भएकाले चिप्लिएर अनियन्त्रित भई गाडी सडकबाट करिब ५ मिटर तल खसेको नायव प्रहरी उपरीक्षक ढकालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...