प्रेम र विवाहबारे सलमान खान के भन्छन्

Salman khan

 काठमाडौँ । बलिउड स्टार सलमान खानलाई सबभन्दा बढी सोधिने प्रश्न सायद यही हो। तपाईं कहिले बिहे गर्नुहुन्छ’ ?

भर्खरै रिलिज भएको ‘ट्युबलाइट’ को प्रचारमा रहेका खानले प्रेम र विवाहबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। अहिलेसम्म अविवाहित रहेका खानले विवाहबारे बोल्दै भने, ‘विवाह भनेको पैसाको बर्बादी मात्र हो।’

टाइम्स अफ इन्डियाका अनुसार सलमानले उक्त अवसरमा प्रेमबारे पनि बोलेका थिए। उनले भने, ‘मलाई लाग्छ प्रेम भन्ने शब्दको सट्टा ‘आवश्यकता’ भन्ने शब्द प्रयोग गर्नुपर्छ। सम्बन्ध कसलाई कसको आवश्यकता कति छ भन्नेमा निर्भर गर्छ।’

प्रेम र विवाहमा विश्वास नगरे पनि सलमानलाई एकअर्काको साथमा भने विश्वास छ। ‘केटा र केटी सँगै बस्न सक्छन् ।

जबसम्म उनीहरुबीच भावनात्मक सम्बन्ध छ, उनीहरु एकअर्काका कमी कमजोरीलाई स्वीकार गरेर बस्छन्,’ खानले भने, ‘यस्तो सम्बन्धमा उनीहरु खुसी हुन्छन्।’ त्यही भएर प्रेमलाई आफूले आवश्यकता भनी परिभाषित गरेको उनले बताए।

केही समयअघि खानले आफूले ‘अहिलेसम्म सेक्स नगरेको’ भन्ने प्रतिक्रिया दिएर सबैलाई चकित पारेका थिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...