लासकर घा सहरमा कारबम आक्रमण
मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौ घाइते
अफगानिस्तान । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।
यस घटनामा परी अरु दर्जनौ घाइते भएको र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।
आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकाश तर्फ गएको थियो । रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि तालिवानी लडाकुहरुले भने देशव्यापी आक्रमणलाई तीव्रता दिएका छन् ।
रमजानको समापनको दिनका लागि किनमेल गर्न चाहिने पैसा लिनका लागि बैंकको अगाडी लाईनमा बसेका सर्वसाधारण र सरकारी जागिरेहरुको मृत्यु भएको बताइएको छ ।
“आज भएको कारबम आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएका र ५८ जना घाइते भएका छन्,” प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सो बैंकमा सन् २०१४ पछिको यो तेस्रो आक्रमण हो । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेकोे अनुमान प्रहरीले गरेको छ ।
मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका सहितका आम नागरिक रहेका छन् । सरकारी प्रवक्ता आमार जवाकले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस