नेपाली साहित्य गोपीकृष्ण ढुंगाना अनुवादमा

Anubama nepali

काठमाडौं । संस्कृत भाषाका ग्रन्थबाट नेपाली लेखकले नेपालीमा भाषानुवाद, छायानुवाद वा शब्दानुवाद गरेर भाषा साहित्यको विकास सुरु गरेको पाइन्छ । विश्वका भाषा साहित्यमध्ये समृद्ध मानिएको संस्कृतबाट भारतीय आर्य भाषाहरू हिन्दी, बंगाली, मराठी, गुजराती, अंग्रेजीजस्ता धेरै भाषा साहित्यमा अनुवाद भएका छन् ।

‘अनुवादबिना म आफ्नै देशको सीमाभित्र हुन्छु, अनुवादक एक महत्ववपूर्ण व्यक्ति हो, जसले मलाई संसार चिनाउँछु भन्ने इटालीका साहित्यकार इटालो क्यालिभलोले भनेको यो वाक्यले भाषा र साहित्यको अनुवादको महत्वव प्रष्ट हुन्छ । यसै सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य अनुवाद विभागले नेपाली साहित्यमा अनुवाद र त्यसभित्र नेपालीमा अनुदित रुसी साहित्य र बीपी कोइरालाका अनुदित कृतिहरू विषयमा बहस चलाएको छ ।

हीरक जयन्तीका अवसरमा बुधबार विभागकी प्रमुख प्राडा उषा ठाकुरले अनुवादले जुनसुकै भाषा र साहित्यलाई विश्वव्यापी बनाउन सक्ने क्षमता र हैसियत राख्ने भएकाले नेपाली भाषा र साहित्य पनि विश्वभर पुग्न सफल भइरहेको बताए । ‘अनुवाद विश्वव्यापीकरणसँग जोडिएको विषय हो, सिर्जनामात्र गर्दा देशभित्र सीमित हुने भाषा र साहित्य अनुवादकै कारण सर्वव्यापी हुन्छ ।

नेपालको रसिया तत्कालीन सोभियत संघसँग सन् १९५६ मा दौत्यसम्बन्ध स्थापना भएको थियो । यसबीच खासगरी रादुगा इन्द्रेणी र प्रोगे्रस प्रगति प्रकाशनबाट टाल्सटायको कथादेखि माक्सिम गोर्कीको ‘मैले अध्ययन कसरी गरेँु नामक निबन्ध कृतिसम्म गरी रुसका ४९ वटा कृति नेपालीमा अनुवाद भएका छन् ।

अन्य थुप्रै कृति अनुदित भएको जानकारी दिँदै कार्यपत्र प्रस्तोता प्राध्यापक डा. जंघव चौहानले रुसी लेखकको एउटै कृति नेपाली भाषामा अनुवाद भई विभिन्न संस्करणमा प्रकाशित भएको विश्वचर्चित उपन्यास ‘आमाु भएको बताउनुभयो । ‘रादुगा र प्रोग्रेस बन्द हुँदा पछिल्लो समय रुसी भाषाबाट नेपाली भाषामा अनुवाद हुने काम कछुवाको गतिमा छु, ।

जेलजर्नल, फेरि सुन्दरीजल, आत्मवृत्तान्त, आधा दर्जन उपन्यास र कथा विधामा उत्कृष्ट कृति लेखेका बीपी कोइरालाका कृतिहरूमाथि एक दर्जनभन्दा बढी व्यक्तिले विद्यावारिधि गरेका छन् । नेपाली साहित्यमा प्रयोगवादी, मनोवैज्ञानिक र यौनमनोविश्लेषणात्मक प्रवृत्ति र शैलीलाई मूर्तरूप दिने उनका एक दर्जन कृतिहरू अनुवाद भएको अर्का कार्यपत्र प्रस्तोता डा.तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

हिन्दीलगायत अन्य भाषाबाट नेपालीमा भएका अनुवाद ग्रन्थहरूको तुलनामा नेपालीबाट अन्य भाषामा धेरै कम अनुवाद भएको छ ।
सभाध्यक्ष प्राडा. गोविन्दराज भट्टराईले स्रष्टाभन्दा अनुवादकका कारण नेपाली भाषा र साहित्य विश्वभर पुगेको बताए ।

कुलपति गंगाप्रसाद उप्रेतीले तालिम प्राप्त अनुवादकको संख्या बढाउन सकेमात्र नेपाली भाषा र साहित्य विश्वभर जीवन्त भइरहने चर्चा गरे । पूर्वकुलपति वैरागी काइँलाले सरकारको परराष्ट्र मन्त्रालयजस्तो प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले काम गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...