४२ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा

B3

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल १९ खर्ब ५८ अर्ब रुपैयाँ कर्जामध्ये झन्डै आधा अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ ।

छिटो र धेरै प्रतिफल आउनुका साथै जोखिम पनि कम हुने भएकाले बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी यो क्षेत्रमा प्रवाह भएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म ८ खर्ब २६ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्र ओभरड्राफ्ट, सेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेज मा लगानी भएको छ ।

यो कुल कर्जाको ४२ दशमलव २ प्रतिशत हो । ०७३ वैशाखको तुलनामा गत वैशाखसम्म यस्तो कर्जा २९ दशमलव २ प्रतिशतले बढेको छ । ०७३ वैशाखमा यो क्षेत्रमा ६ खर्ब ३९ अर्ब ३ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...