अष्ट्रेलियाबाट जुट्यो अभिनेता क्षेत्रीको उपचारमा सहयोग  

Sahayog

काठमाडौँ । लामो समयदेखि स्वर नलीमा क्यान्सर लागि स्वास्थ्य उपचारार्थ नेपाली सिने जगतका चर्चित अभिनेता दिपक क्षेत्रीको उपचारमा अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले डब्वोमा संकलित सहयोग रकम ४०,हजार १ सय क्षेत्रीकै निवासमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्था मातृभूमि समन्वय समितिका संयोजक गणेश जि.सी, रेशम बोहोरा म्यूजिक खबर डट कमका सुमन पण्डित नविन श्रेष्ठ, जिशान श्रेष्ठ लगायतको सहभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

अष्ट्रेलियाको सिड्नीबाट पश्चिम करिव ४ सय कि.मी को दुरीमा रहेको डब्वो शहरमा बस्ने नेपालीहरुको साझा संगठन डब्वो नेपाली समाज अष्ट्रेलिया(म्ल्ऋब्) ले विभिन्न समयमा नेपाली संस्कृती झल्किने कार्यक्रमहरु जस्तै हरितालिका तिज, नयाँ वर्ष, देउसीभैलो गर्नुका साथै नेपालमा गएको बिनाशकारी महाभुकम्पमा आर्थिक सहयोग तथा आर्थिक बिपन्नताले गर्दा स्वास्थ्य उपचार गर्न असमर्थ रहनु भएका विभिन्न व्यक्तित्वहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

आफुले अब नयाँ जीवन पाएको र त्यसको जन्मदाता सहयोगी मनहरु नै भएको भन्दै आफूले विगतमा गरेको अभिनयले मैले थुप्रै शुभचिन्तक कमाएको रहेछु भन्ने लागेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...