एलिजाले पाइन् मिस एसइइ स्टारको उपाधी
काठमाडौं । पहिलो ‘मिस एसइइ स्टार’ २०१७ को उपाधि एलिजा बुढाथोकीले हात पारेकी छन् । पहिलो संस्करणमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् ।
भवानी इन्टरटेन्मेन्टले आयोजनामा सम्पन्न सो प्रतियोगितामा अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएका छन् ।
बिहिबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगितामा बेष्ट स्माईल र बेष्ट हेयर एन्जिला महर्जन, मिस पंच्युअल कुशुम तिम्सिना, मिस डिसिप्लेन रञ्जना शाही, बेष्ट वाक आयुष्मा नेपाल, मिस पर्सनालिटी अनु कार्की, ब्यूटी विथ ब्रेन रश्मी जिरेल घोषित भए ।
त्यसैगरी मिस फोटोजेनिक शिवानी गुरुङ, मिस फ्रेन्डशिप एलिजा बुढाथोकी, पब्लिक च्वाईस अवार्ड अनु कार्की, मिस ट्यालेन्ट अञ्जली शाह, मिस इटेलेक्चुअल जेनिसा रिजाल, मिस बब्ली नाहिन्सा बानिया, मिस कन्फिडेन्ट र बेष्ट ड्रेस अनुष्का मानन्धर र अर्गनाइजरस् च्वाइस दिब्या सिंह ठकुरीले विभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।
किरात बिन्द्रको संयोजनमा १५ जना प्रतियोगीलाई प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन सगुन पाण्डेले गरेकी थिइन् ।
सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘मिस एसइइ स्टार’ लाई अझै भब्य बनाउने भवानी इन्टरटेन्मेन्टका सोनित ढुंगेलले बताए ।
प्रतिकृया दिनुहोस