राष्ट्रिय जुनियर उसु बिहीबारदेखि

Sports

काठमाडौं । प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन नेपालको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न ४० जिल्लाका ३ सय ५० खेलाडीको सहभागिता रहनेछ ।

आयोजक अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जनले सान्सौंमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने बताए ।

सान्सौं र थाउलोतर्फ उत्कृष्ट चुनिने २ पुरुष र २ महिला गरी ४ खेलाडीलाई राष्ट्रिय टिमसंग प्रशिक्षणको अवसर दिलाउन पहल गरिने पोल्यान्डमा मार्सल आर्ट क्षेत्रको अवार्ड हल अफ फेम– २०१६ बाट सम्मानित भइसकेका अध्यक्ष महर्जनले बताए । जुनियर तहबाटै भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकाले प्रत्येक दुई–दुई वर्षमा प्रतियोगिता गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीले जुनियर स्तरका प्रतियोगिताले नयाँ पीढीका खेलाडीलाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...