पद्मोदय र ताहचल फाइनलमा

काठमाडौं । पद्मोदय र ताहचल रियो एसईई फुटसल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा पद्मोदयले कालिका युथ क्लबलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित ३० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

अर्को सेमिफाइनलमा ताहचलले कीर्तिपुर टिमलाई ६–५ गोलले हरायो । फाइनल मंगलबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...