रोल्पा । विद्यालय जानुपर्ने बेला कामको खोजीमा हिँडेका बालबालिकाको लस्करले त्रिवेणी गाउँपालिकाको नारा ‘समृद्ध त्रिवेणी’लाई गिज्याइरहेको थियो । दशकौंदेखि रोल्पाका युवायुवतीसँगै बालबालिका समेत पढाइ छाडेर इँटा भट्टामा काम गर्न जाने प्रचलन हटाउन अध्यक्ष शान्तकुमार वलीले कम्मर कसे। पाँच वर्षभित्र गाउँप...