धनकुटाको ६ नं. बुधबारेबाट लागुऔषधसहित एक जना पक्राउ

Lagu aushadh pakrau

धनकुटा । धनकुटाको ६ नं. बुधबारेबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् ।

धनकुटाकोचौबिसे गाउँपालिका वडा नं. १ स्थित छ नम्बर बुधबारेबाट प्रहरीले लागुऔषध ट्रामाडोलसहित १ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको चेकिङ टोलीले हिजो साँझ ६ बजे पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ८, बुधवारेका २८ वर्षीय मौसम लिम्बूले बोकेको झोलाबाट ट्रामाडोल ९ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लिम्बू प्र १–०१–०१५ प ३१४६ नम्बरको मोटरसाइकलमा मोरङको लेटाङबाट धनकुटाको बुधबारेतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । उल्लेखित मोटरसाइकल र उक्त औषधि समेत बरामद गरी इलाका प्रहरी कार्यालय राजारानीमा ल्याएर अनुसन्धानको भइरहेको खनालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...