वर्षा र चिसो बढेको भन्दै हेटौँडाका विद्यालय बन्द

Hetauda upamahanagarpalikaa

हेटौडा । गए रातिदेखि परेको वर्षाका कारण चिसो बढेको भन्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आज एक दिनका लागि विद्यालय बन्द गर्ने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको निर्देशन अनुसार चिसो बढ्नुको साथै लगातार वर्षा भइरहेकाले आज एक दिनको लागि उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द हुने भएको हो ।

वर्षा र चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै एक दिनको लागि उपमहानगर भित्रको विद्यालयहरू बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...