तमोर करिडोर अन्तर्गत धनकुटाको भगुवा खोलामा ट्याङकर दुुर्घटना हुँदा चालक घाइते

Tyankar accident

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ भगुवा खोलामा पानी बोक्ने खाली ट्याङकर दुुर्घटना भएको छ ।

हिजो साँझ ८ः१० बजेतिर फलामेटारबाट मुलघाटतर्फ जाँदै गरेको रौता कन्ट्रकसनको प्रदेश नम्बर १–०५–००१ क ००३१ नम्बरको पानी बोक्ने खाली ट्याङकर अनियन्त्रीत भई बाटोमा पल्टि दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ बस्ने ४४ वर्षीय सुन्दर बहादुर विक घाइते भएका छन् ।

तमोर करिडोर निर्माणका क्रममा पानी बोक्ने सो ट्याङकर दुर्घटना भएर चालक च्यापिएको खवर पाउन साथ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा १२ जनाको प्रहरी टोली खटी घाइतेलाई उद्दार गरेको थियो ।

दाहिने खुट्टामा गहिरो चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेका चालक विकलाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमिक्त सुचना अधिकारी ध्रुव नारायण श्रेष्ठले जानकारी दि।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...