काठमाडौँ । भारतको विशेष एनआईए अदालतले नक्कली भारतीय नोट तस्करी गरेको अभियोगमा एक नेपाली नागरिकलाई पाँच वर्षको कैद र रु दुई हजार जरिवानाको सजाय सुनाएको छ । सन् २०१४ मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ती नेपाली नागरिक ४९,८८,००० भारतीय रुपैयाँ बराबरको १ हजारका नक्कली भारतीय...