बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृत्यु, २ जना घाइते

Bajura jep accident

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।

दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको ज्यान गएको छ । सो दुर्घटनामा परी कर्मचारीहरु बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र जिप चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीका अनुसार सो जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।

बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...