काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको छ । पीडित महिलाले कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन्...