विराटनगरबाट काठमाडौं हवाई भाडा प्रतिव्यक्ति अधिकतम रु.९ हजार ९०० छ। सामान्य अवस्थामा रु.५ हजार ७०० मात्र लाग्छ। तर; कोशी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव शिवकुमार कार्कीले एकपटक काठमाडौं आउजाउ गर्दा टिकट बापतको मात्रै बिल पेश गरेर रु.३१ हजार ४९० बुझे। २० कात्तिक २०७९ मा ...