सहिदभुमीको धापमा निःशुल्क एक दिने घुम्ति शिविर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले शुरु गरेको एकीकृत घुम्ती शिविर अन्तर्गत बिहीबार वडा नं. १ धापमा घुम्ति शिविर सम्पन्न भएको छ ।
सो घुम्ति शिविरको सहिदभुमी गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राईले पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि आवश्यक पर्ने औषधी वितरण गरेर उद्घाटन गरिन् । सो शिविर उद्घाटन कार्यक्रममा वडा नं. १ का कार्यबहाक वडाध्यक्ष देवलकुमार राई, वडा सचिव थिरप्रसाद राई, गाउँपालिकाको पशु शाखा प्रमुख नगेन्द्र पौडेल लगायतको सहभागीता रहेको थियो ।
सो शिविरमा ७१ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराए भने ६७ घरघुरी किसानले आफ्ना पशुपंक्षीको परिक्षण गराउनुका साथै औषधी उपचार गराएका छन् । आज वडा नं. १ मा ६७ वटा घरधुुरी किसानले आफ्ना पशुपंक्षीको जाँच गराएका छन् । आज १४० वटा गाईगोरु, ३१ वटा भैसी, ८७१ वटा बाख्रा, १ सय वटा बंगुर र ८८० वटा कुखुरालाई महामारी जन्य औधषीहरु वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । शाखा प्रमुख पौडेलका अनुसार आज ७ वटा कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ ।
त्यसैगरी आज ७१ जना सेवाग्राहीले स्वास्थ्य जाच गराएका छन् । जसमा १४ जनाको इसिजी गरिएको छ । आज ४० जनाले सुगर परिक्षण गराएका छन् । सो शिविरमा १५ जनाले आँखा ३५ जनाले कानको परिक्षण गराएको गाउँपालिकाको स्वास्थ शाखा प्रमुख फकिर महोमदले जानकारी दिए । सो शिविरमा ग्याष्टिक, हात जोर्नीको समस्या भएका साथै अन्य रोगका विरामीले समेत जाँच गराएका थिए ।
प्रतिकृया दिनुहोस