एमाले साँगुरीगढीको अध्यक्षमा पूर्ण खजुम चयन

धनकुटा । नेकपा एमालेको साँगुरीगढी गाउँपालिकाको दोस्रो अधिवेसनले पूर्ण खजुमको अध्यक्षतामा ६५ सदस्य कमिटी चयन गरेको छ ।
शुक्रबार साँझ अवेर सम्पन्न सो अधिवेसनले उपाध्यक्षमा लिलाराज लावती, सचिवमा सुमन राई, उपसचिवहरुमा विमला राई र अनिल राईलाई चयन गरेको छ । सो अधिवेसनले डबलसिंह नेम्बाङ अध्यक्ष रहेको लेखा समिति चयन गरेको नेकपा एमाले धनकुटा सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख निर्मला इवाहाङले जानकारी दिइन् ।
नेकपा एमाले साँगुरीगढी गाउँपालिका कमिटीका अध्यक्ष बालकृष्ण राईको सभापतित्वमा भएको सो अधिवेसनको नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका थिए । दोस्रो अधिवेसनको उदघाटन गर्दै केन्द्रिय सदस्य राईले धनकुटामा एमालेको जनलहर हिजोको भन्दा पनि बढ्दै गएको बताए । उनले जनताको भरोसा नै एमाले भएको दावी गरे ।
सो सो अधिवेसन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य विनादेवी राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङला लिम्बु लगायतले बोलेका थिए । सो अधिवेसनको उद्घाटन कार्यक्रम बालकृष्ण राईको अध्यक्षतामा भएको थियो ।
प्रतिकृया दिनुहोस