सिँधुवामा एकैसाथ ४ वटा तालिमको समापन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा सञ्चालित ६५ दिने प्राविधिक तथा व्यवसायीक सीप विकास तालिम अन्तर्गतका विभिन्न चार वटा तालिमको एकैसाथ समापन गरिएको छ ।
छथरजोरपाटी गाउँपालिका ६ मा रहेको छथर जोरपाटी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रले ६५ दिने प्राविधिक तथा व्यवसायीक सीप विकास तालिम अन्तर्गत होम स्टे, तरकारी प्रशोधन, आल्मुनियम फेव्रिकेसन र वृहत्तर साक्षरता चार वटा तालिम सञ्चालन गरेको थियो । सो तालिमको बुधबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।
सो तालिममा सहभागी भएका प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, वडा नं. ६ का वडाध्यक्ष दीपक गुरुङ, रिड नेपालका निर्देशक चिनकाजी श्रेष्ठ, रिड नेपालकै साजन थापा लगायतले प्रमाणपत्र वितरण गरे ।
सो तालिमको समापन कार्यक्रम सिँधुवा सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा भएको थियो । सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
प्रतिकृया दिनुहोस