नेपालको उपाधि जित्ने सपना अधुरै, म्यानमारले उचाल्यो उपाधी

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधी म्यानमारले हात पारेको छ ।
१३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहो¥यो । यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १२ हजार नेपाली दर्शक स्तब्ध भएका छन् ।
खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।
म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।
म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको थियो । त्यसपछि दुवै टोली गोल गर्न चुके ।
यसअघि २०८० फागुनमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप फाइनल पनि नेपालले हारेको थियो । यस्तै गत कात्तिकमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल उपविजेतामा सीमित भएको थियो । यसअघि प्रतियोगितामा म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो ।
म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो । नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।
नेपालले खेलेको यो १३ औं फाइनल हो र ती सबैमा नेपाल पराजित रहेको छ । नेपालले म्यानमारको सामना गरेको यो छैटौं खेल हो । यसमध्ये नेपालले अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन ।
नेपालको चार दशकयता पहिलो उपाधि जित्ने सपना अधुरै रहेको छ । सन् २०१९ मा भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनलमा पनि म्यानमारले नेपाललाई नै हराएको थियो ।
प्रतिकृया दिनुहोस