संसदमा ओलीले भने, २० वा २० राखेर अध्यादेश जारी गरेर पार्टी फुटाइदिएको होइन र ?

प्रधानमन्त्री ओलीसँग प्रश्‍नोत्तर : कुन सांसदले के सोधे ? (पूर्णपाठ)

Kp sharma oli

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र १० जना सांसदबीच प्रश्नोत्तर भएको छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री ओली र सांसदबीच सवाल(जवाफ भएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले संविधान अनुसार नै अध्यादेश जारी गरेको दावी गरे । सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको बताएका हुन् ।

उनले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधारतर्फ लैजान अध्यादेश ल्याएको जानकारी गराए।‘अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको मैले जवाफ दिइरहनु पर्दैन, किनभने म सम्माननीय सभामुखमार्फत २०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह गर्न चाहन्छु’ उनले भने,‘ त्यसदिन उहाँ आफैं सम्मिलित सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा । तर आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको छ ।’

एमाले अध्यक्षसमेत रहेका ओलीले कानुनमा रिक्तता भएकाले केन्द्रीय सदस्यमा ४० वा संसदीय दलमा ४० भनेर अध्यादेश जारी गर्दा विरोध गर्नेले नै पछि २० वा २० राखेर अध्यादेश जारी गरेर पार्टी फुटाइदिएको बताए । उनले भने,‘संविधान विरोधि प्रधानमन्त्री भनेर विरोध गरियो। विरोध जोड जुलुम भयो। मलाई मात्र संविधान कार्यान्वय गर्नु थिएन र अध्यादेश फिर्ता लिए’ ओलीले भने ‘पछि त मेरै पार्टी फुटाउनलाई २० वा २० भनेर अध्यादेश जारी गरेको होइन र ?’

यस्तो छ समसामयिक र राजनीतिक विषयमा भएका प्रश्नोत्तर 

 
 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...